दोस्रो चरणको जागरण अभियान सकियो

हेटौंडामा वृहत विरोध ¥याली
७ आश्विन २०७६, मंगलवार १६:०९

सिधाखबर \ नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ओली सरकार विवादैविवाद र काण्डै काण्डमा फसेको बताएका छन्, । नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोह हेटौंडामा बोल्दै बानियाँले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताए ।

आज देशभर नै विरोध ¥याली निकालेर दोस्रो चरणको जागरण अभियान समापन गरेका छन्, । प्रदेश ३ को राजधानी हेटौंडामा पनि पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, पार्टी मकवानपुर सचिव बुद्ध लामालगायतले मन्तव्य व्यक्त राखेका थिए ।

पूर्वसांसदका भाई काँग्रेसमा

कार्यक्रमकाबीच संविधानसभा सदस्य एवम् पूर्वसांसद राजाराम स्याङ्तानका कान्छा भाई दलबहादुर स्याङ्तान र नेकपा मनहरी गाउँपालिका–५ का सदस्य हिरालाल पाख्रिन नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

पूर्व एमालेका गाउँ समिति सदस्य समेत रहेका दलबहादुर लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय थिए । पार्टी प्रवेशपछि बोल्दै हिरालाल पाख्रिनले नेपाली कम्युनिष्टले बाटो बिराएको तर्क गर्दै अब देशको सेवा गर्ने पार्टी काँग्रेस मात्रै देखेर आफू प्रवेश गरेको बताए । उनीहरुलाई काँग्रेस मकवानपुर सभापति बानियाँलगायतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*