लोकतान्त्रिक खेलकुद संघले फुटसल प्रतियोगीता गर्ने

९ आश्विन २०७६, बिहीबार १८:३४

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले बिजया दशमी,दिपावली तथा छडपर्बको शुभकामना सहित फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ । बिहिबार नेपाली काग्रेश पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै संघले कार्यक्रमका बारेमा बताएको हो । नेपाली काग्रेश मकवानपुरका चार भातृ संगठनहरु बिच हुने प्रतियोगीताले खेल क्षेत्रको बृद्धि बिकाश र एक आपसमा चिनजान तथा भाईचाराको सम्बन्ध बिस्तार हुने उदेश्यका साथ प्रतियोगीता आयोजना गरीन लागेको कार्यक्रम संयोजक युवराज लामाले बताए ।

आगामी शनिबार अर्थात असोज ११ गते बिहान कमलडाडा फुटसलमा आयोजना हुने प्रतियोगीतामा नेपाल बिधार्थी संघ मकवानपुर र नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर बिच पहिलो खेल हुने छ भने प्रेश युनियन मकवानपुर र नेपाल तरुणदल मकवानपुर बिच दोश्रो खेल हुने तालीका रहेको छ । दुई खेलबाट जित हाशील गर्ने एक एक टिमले फाईनल प्रतिष्प्रर्धा गर्नेछन । प्रतीयोगीतामा प्रथम हुनेले १७ किलोको खसी तथा प्रमाणपत्र दोश्रो हुनेले १२ किलोको बोका र प्रमाणपत्र तेश्रो हुनेले १० किलोको कुखुरा र प्रमाणपत्र अनि चौथो हुने टिमले ५ किलोको कुखुरा र प्रमाणपत्र प्रप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सबिन भट्रचार्यले बताए । अध्यक्ष भट्रचार्यका अनुसार शनिबार बिहान सम्पन्न हुने प्रतियोगीतामा खेल संगै शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम रहेको बताए ।

कार्यक्रमको उदघाटन नेपाली काग्रेश मकवानपुरका पार्टी सभापती तथा प्रदेश ३ का प्रमुख प्रतिपक्षदलका नेता ईन्द्र बानियाले गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष भट्रचार्यले बताएकाछन । पत्रकार सम्मेलनमा नेपाली काग्रेश मकवानपुरका कार्यसमिति सदस्य एबं खेलकुद बिभाख प्रमुख सुनिल दाहाल,लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिब प्रदिप कडेल,कोषाध्यक्ष शिबनारायण श्रेष्ठ,सहकोषाध्यक्ष बिकाश बानिया,सदस्य प्रदिप पराजुली लगाएतले छोटो र रमाईलो खेलले जिवन स्वाथ्य समेत बन्न प्रेरणा मिल्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*