प्रतियोगिता जित्दै नेविसंघले खसि कब्जा

तरुणको हातमा १२ किलोको बोका
११ आश्विन २०७६, शनिबार १९:५०

हेटौंडा \ नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन शुभकामना फुटसल प्रतियोगितामा नेपाल विद्यार्थी संघ मकवानपुर विजयी भएको छ ।

खेलमा नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर सहभागिता रहेको थियो ।  खेलमा फाइनलमा पुगेको विद्यार्थी संघले तरुण दललाई ८–७ गोल अन्तरले पराजित पार्दै विजयी भएको थियो भने नकाउटको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल तरुण दल उपविजेता भयो ।

शनिवार विहान भएको खेलमा नेपाल विद्यार्थी संघले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवापनुर र तरुण दलले नेपाल प्रेस युनियनलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेस मकवापनुरका कार्यबहाक सभापति बिष्णुप्रसाद लामिछानले विजय दशमी, शुभ दिपावली, नेपाल एंव र छठको अवसर पारेर आयोजना गरेको प्रतियोगिताले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुविच मित्रता, भाइचारा र सहकार्यको विकास बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सल्लाहाकार प्रभात दाहाल, भरत पराजुली, पार्टी सचिव बुद्ध लामा, पार्टी प्रवक्ता प्रदिप पराजुली, खेलकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य अमृता लामा, प्रेस युनियनका केन्द्रीय सदस्य एवम मध्यामाञ्चल संयोजक राममणी दाहाल, तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवापनुरका अध्यक्ष राजु खतिवडा, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, नेपाल ट्रेड युनियन मकवानपुरका उपाध्यक्ष तारा कार्की अर्का उपाध्यक्ष शर्मिला श्रेष्ठ लागाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा विजेता बनेको नेविसंघले १७ किलोको खसी सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको तरुण दलले १२ किलोको बोका प्राप्त गरेको प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिए । यस्तै सान्त्वना भएका नेपाल प्रेस युुनियन मकवानपुर र लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले दुई टिमल ५–५ किलोको कुखुरा प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*