महिला लघुवित्तद्धारा ८८ हजार सहयोग रकम हस्तान्तरण

१२ आश्विन २०७६, आईतवार १४:३७

सिधाखबर \ महिला लघुवित्त वित्तीय संस्था लि.हेटौंडा शाखाले विन्दुकुमारी भोम्जनलाई आर्थिक सहयोग गरेको छ ।

गत भदौं २० गते स्कुटर दुर्घटनामा परि उनको श्रीमान विर बहादुर पाख्रिनको निधन भएको थियो । संस्थाको राहत कोषबाट रकम ८८ हजार आज भोम्जनलाई हस्तान्तरण गरिएको थियो । हेटौंडा १५ रातोमाटेमा बस्ने भोम्जन गोदावरी महिला केन्द्र नम्बर ४४ को शेयर सदस्य हुन्, ।

संस्थाका केन्द्रीय कार्यालयका सिईओ कृष्ण प्रसाद न्यौपाने, वडा १५ का अध्यक्ष महारत्न लामा, हेटौंडाका प्रमुख अमर बहादुर सिंह लगायतकाको उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो । विमा बाट आउनुपर्ने रकम भने केहि समयपछि उपलब्ध गराउने सिईओ न्यौपानेले बताए ।

राम बहादुर र माइलीमायाका कान्छो छोरा रहेका बिरबहादुरका २ छोरी रहेका छन्, । विन्दु भने सोही संस्थाका कार्यरत छिन्, । महिला लघुवित्त वित्तीय संस्था लि. देशभरमा ५० वटा शाखा रहेका छन्, भने ५ वटा सुपरिवेक्षण तथा नियन्त्रण कार्यालयहरु रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*