दशैंको पूर्वसन्धामा बजार अनुगमन, अखाद्य वस्तु जफत

१३ आश्विन २०७६, सोमबार १७:५३

हेटौंडा \ नेपालीहरुको मुख्य चाडवाडहरु नजिकिदै गर्दा हेटौंडा बजारमा अनुगमन तिव्रता गरिएको छ । आज सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले अनुगमन गरेको छ । कार्यालयका प्रमुख सोमकान्त अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समितिहरुको संयुक्त टोलीले हेटौंडा ४ स्कुल रोड र हेटौंडा १० टिसिएनरोडमा रहेका खाद्य, मिठाई तथा किराना पसलको अनुगमन गरिएको हो ।

संयुक्त अनुगमन टोलीले हेटौडा ४ स्कुलरोडमा रहेका विभिन्न किराना पसल, हेटौंडा १० को मिठाई पसल र खाद्य पसल गरी १३ वटा पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा, सरोज पौडेल, जिल्ला प्रशासन कार्यालयका विनोद अर्याल, घरेलु तथा साना उद्योग कार्यालयबाट प्रणय प्रसाद अर्याल, हेटौंडा उपमहानगरपालिका खाद्य शाखाका ऐलिना न्यौपाने,उपभोक्ता मंच नेपाल मकवानपुरका सचिव नवराज कोइराला, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, उद्योग वाणिज्य संघ मकवानपुरका माधव ज्ञवाली सहभागीता रहेको थियो ।

अनुगमनमा क्रममा अखाद्य वस्तु,लेवल तथा मिति नभएका खाद्य सामग्री तथा पेय पदार्थ जफत गरी पसलका संचालकलाई सचेत गराइएको मञ्चका सचिव नवराज कोइरालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*