काङग्रेसको वडा ९ मा शुभकामना आदानप्रदान

१४ आश्विन २०७६, मंगलवार ११:०६

सिधाखबर \ नेपाली कांग्रेस हेटौंडा ९ वडा समितिद्धारा आयोजित विजया दशमीको पूर्व सन्धामा दशैं, दीपावली, नेपाल सम्वत एवं छठ पर्वको आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस वडा ९ सभापति वीरेन्द्र लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यबहाक सभापति विष्णु लामिछानेको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै लामिछानेले चाडपर्वले सम्पूर्ण नेपालीहरुलाई जोड्ने गरेको छ । चाडपर्व भाइचाराको रुपमा लिनुपर्ने समेत बताए । फजुल खर्च नगरी चाडपर्व मनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा पार्टीका सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी प्रवक्ता प्रदिप कोइराला, महलिा नेतृ रिता खनाल, नगर अध्यक्ष आनन्दराम पराजुली, नेपाल ट्रेनियुन कांग्रेस प्रदेश ३ का उपाध्यक्ष कुमार पौडेल, नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य,जिल्ला समिति सदस्य,महाअधिवेशन प्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रतिनिधि,महिला संघ लगायत नेपाली कांग्रेसका विभिन्न भातृ संगठनको सहभागिता रहेको थियो । कार्यक्रमलाई अमित श्रेष्ठले स्वागत भनाई राखेका थिए भने माधव आचार्यले सञ्चालन गरेको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*