सभामुख महरा राजीनामाको तयारीमा

आजै साँझसम्म राष्ट्रपतिसमक्ष राजीनामा दिने
१४ आश्विन २०७६, मंगलवार ११:५९

 काठमाडौं \ आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपेका संघीय संसदका सभामुख कृष्णबहादुर महरा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उसो त उनलाई उनकै पार्टीका नेताहरुले समेत राजीनामा दिन सुझाइसकेका छन् । उनले राजीनामा या महाभियोगको सामना गर्नुको विकल्प पनि त थिएन । उनकै शीर्ष नेताहरुकै सल्लाहमा राजीनामाको तयारी गरेका हुन् ।

अब के गर्ने भन्ने विषयमा सभामुख महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगै बिहानै भेट गरी परामर्शसमेत लिइसकेका छन् । उनले आफ्ना सल्लाहकारहरुसँग पनि छलफल गरी राजीनामा दिने तयारी गरिरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरे पनि हतास मनस्थितिमा छन् । उनले आजै साँझसम्म राष्ट्रपतिसमक्ष राजीनामा दिने तयारी भइरहेको छ ।

महरामाथि बलात्कारजस्तो संगीन आरोप लागेको छ । यही आरोपकै कारण पनि महरालाई पदमा बसिरहन नैतिक र राजनीतिक संकट हुने देखिएकाले राजीनामाको तयारी गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*