दशैंको शुभकामना दिदैं मुख्यमन्त्री पौडेलले भने विकृति रहित चाडपर्व मनाऔं

१४ आश्विन २०७६, मंगलवार १५:०१

सिधाखबर \ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउदै गरेको वडा दशैंको शुभकामना दिदै नेपालीहरुले मनाउने चाडपर्वहरु विकृति रहित मनाउन आग्रह गरेका छन्, ।

आज मकवानपुरका पत्रकारहरु संग दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले फजुल खर्च गरेर चाडपर्व नमनाउन आग्रह गरेका छन्, । मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयमा शुभकामना दिदैं सरकारले गरेका राम्रा कामलाई प्रचारप्रसारमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले सरकारलाई गाली गर्ने र नकरात्मक कुरा गर्ने प्रवृति रोक्नुपर्ने बताए । सिंह दरबार घरघरमा आउँछ भनेको तर उल्टो भएको अनुभूति भएको बताउदैं अब प्रदेश सरकारले जनताले अनुभुति पाउने खालको काम गरिने बताए । वर्ष भरि सरकारले गर्ने वार्षिक कामको योजना तयार भइसकेकोले अब काममा लागिने उनले बताए ।

कार्यक्रममा प्रदेश ३ का प्रमुख मुख्य सचिव तोयम राय, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ठ,महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*