प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुदैं

१४ आश्विन २०७६, मंगलवार १५:४३

सिधाखबर \ मकवानपुरगढी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय रिनङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बडा दशैंको अवसर पारेर मकवानपुरगढी वडा ६ मा रहेको सनराइज युथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष प्रेम बहादुर स्याङ्तानले बताए । मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको प्रतियोगितामा ९ वटा समूहले सहभागिता जनाएको स्याङ्तानले जनाए ।

भोली १५ गतेबाट सुरु हुने खेलको प्रतिनिधि सभाका सदस्य विरोध खतिवडाले समुद्घाटन गरिने क्लबका सल्लाहकार सोम लामाले बताए । १७ गते सम्म चल्ने प्रतियोगितामा विजेताले शिल्ड, मेडल, प्रमाणपत्र र नगद १५ हजार प्राप्त गर्नेछन्, भने उपविजेताले मेडल, शिल्ड, प्रमाणपत्र र नगद १० हजार प्राप्त गर्ने सोम लामाले बताए ।

यस पुरुष भलिवल प्रतियोगिताले स्थानियस्तरमा रहेका उदयीमान खेलाडीहरु खोजी गर्न सहयोग पुग्ने र हरेक वर्ष यो प्रतियोगिताले निरन्तरता पाउने लामाले बताए । खेल क्बलको खेल मैदान डुम्रेकुनामा हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*