वार्षिकोत्सवमा शुभकामना तथा खाद्यान्न वितरण

हेटौंडामा छिट्टै नै आइटी कलेज स्थापना गरिने
१५ आश्विन २०७६, बुधबार १९:१३

सिधाखबर \  हेटौंडाबाट संचालित कम्प्युटर इन्स्टिच्युट ’कलेज अफ इन्फर्मेसन टेक्नोलोजी’ (सिआईटि) ले आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ ।

सिआईटिले बुधबार वार्षिकोत्सव संगै चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपाल टेलिकम हेटौंडाका वरिष्ठ इन्जिनियर दिलिप कुमार वर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिआईटिका प्रवन्ध निर्देशक दिनेश रिजालले ११ वर्षसम्म हेटौंडामा रहेर कम्प्युटर र आइटी क्षेत्रमा गरिएको गतिविधि र भावी योजनाका बारे जानकारी दिएका थिए ।

प्रदेश ३ को राजधानी हेटौंडामा अब छिट्टै नै आइटी कलेज स्थापना गरिने रिजालले बताएका छन् । पोखरा युनिभर्सिटीबाट मान्यता लिएर हेटौंडामा आइटी कलेजको स्थापना गर्ने तयारी भइरहेको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि वर्माले डिजिटल नेपाल बनाउनका लागि सबै लाग्नुपर्ने बताए हेटौंडामा पनि आइटी क्षेत्रले निकै फड्को मारेकाले अब झन् यस संग सम्बन्धित जनशक्ति उत्पादनको खाचोँ रहेको उनले बताए ।

कार्यक्रममा क्यान महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले मकवानपुर जिल्लालाई आइटी क्षेत्रमा अब्बल बनाउन क्यान हरदम लागि परिरहने बताए । सिआईटिका अध्यक्ष रमेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, शिक्षा सेवी देव श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमाको अवसरमा मंगलबार हेटौंडा १० गोरक्षश्वरधाममा रहेको संस्कृत विद्यालयलाई शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री सहयोग गरेको थियो । सिआईटिका संचालक दिनेश रिजालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईलाई सामाग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण गर्दै रिजालले अबदेखि हरेक वर्ष विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अवसरमा उनले कम्प्युटर पढ्न चाहने सम्पूर्ण बटुकलाई सिआईटिमा कम्प्युटर कोर्ष निशुल्क पढाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*