निर्माण व्यवसायीको शुभकामना आदान प्रदान कार्यक्रम

व्यवसायीसँग समन्वय गरेर काम गर्न तयार : मन्त्री जम्कट्टेल
१६ आश्विन २०७६, बिहीबार १४:२२

सिधाखबर \ प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार व्यवसायीहरुसँग समन्वय गरेर काम गर्न तयार रहेको बताएका छन्, । निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार हेटौँडामा विजया दशमी, दीपावली, छठ पर्व र नेपाल सम्वत् ११४० को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले निर्माण व्यवसायीसँग समन्वय गरेर प्रदेश सरकारले काम गर्ने बताए ।

सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गरिएको भन्दै उहाँले अहिलेको व्यवस्था सबैको प्रयासमा ल्याइएको साझा व्यवस्था भएको बताए । कम दररेटमा ठेक्का सम्झौता गर्दा गुणस्तरहीन काम हुने भन्दै मन्त्री जम्कट्टेलले निर्माण व्यवसायीलाई प्रतिस्पर्धामा गुणस्तरीय काम गर्न आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर ढकालले निर्माण व्यवयासीहरुले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको भन्दै समृद्धिको यात्रामा समन्वय गर्न तयार रहेको बताए । कार्यक्रममा हेटौँडा ५ मा रहेको ग्रामिण सुधार मञ्च (हाम्रो घर) बालगृहलाई निर्माण व्यवसायी संघको तर्फबाट एक महिनाको लागि पुग्ने खाद्यान्न सामग्री प्रदान गरिएको थियो ।

यस्तै मकवानपुरको कैलाश गाउँपालिका १० का आगलागी पीडित प्रताप वाइवालाई ५० हजार रुपियाँ सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*