बालबालिकालाई होटल तुरहीद्धारा खाना

१७ आश्विन २०७६, शुक्रबार १२:०८

सिधाखबर \ हेटौंडा ४मा रहेको होटल तुरहीले अनाथ बालबालिकाहरुलाई खाना खुवाएको छ । वडा दशैंकोको अवसर पारेर शुभकामना दिदैं होटल सञ्चालक धन गहतराजले खाना खुवाएका हुन्, ।

हेटौंडा ५ मा रहेको ग्रामिण सुधार मञ्च (हाम्रो घर) मा संरक्षणमा रहेका बालबालिकाहरुलाई खाना खुवाइएको सञ्चालक गहतराजले बताए । उनले गएका वर्षहरुमा बालबालिकाहरुलाई कपडा वितरण गर्दै आएको र यस वर्ष भने एक छाक खाना खुवाएको बताए ।

आफुले होटल सञ्चालनमा ल्याए पछि खाना खुवाउने योजना रहेकोले उक्त कार्य गरेको उनले बताए । सुनचादीँ व्यवसायी समेत रहेका गहतराजले यस्ता साना साना बालबालिका आफ्नो परिवारबाट छुट्टीएर बसेकोले आफुले सकेको सेवा गर्न पाउँदा खुसी रहेको बताए ।

हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेको उपस्थितीमा बालबालिकालाई खाना खुवाइएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक ईश्वरी प्रसाद भण्डारी, हेटौंडा ४ का कार्यबहाक वडा अध्यक्ष लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*