प्रेस युनियनद्धारा शुभकामना आदानप्रदान

१७ आश्विन २०७६, शुक्रबार १२:१०

सिधाखबर \ विजयादशमीको पूर्व सन्ध्यामा नेपाल प्रेस युनियन मकवानपुर शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नगर सभापति आनन्दराम पराजुली, जिल्ला तहका नेतागण्, पार्टीका प्रवक्ता प्रदिप कोइराला, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ठ, जिल्ला अध्यक्ष हरि हुमागाई, प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल,तत्कालिन प्रेस चौतारीका अध्यक्ष प्रकश दाहाल, प्रेस युनियन निवर्तमान अध्यक्ष रुपेश दुलाल लगायत जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी पोष्ठराजको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*