आइएमई लाईफ बीमा व्यवसायमा आक्रमक बन्दै

धन सरिता बीमा योजनाको बढ्यो माग
२४ आश्विन २०७६, शुक्रबार १२:३३

सिधाखबर \ आइएमई ग्रुपको आइएमई लाईफ इन्सोरेन्सले धन सरिता जीवन बीमा योजना ल्याएको छ । यस योजनामा विमितले वार्षिक रुपमा विमाङ्क रकमको ५/६/७ प्रतिशतले नगद फिर्ता पाउनेछन्, । विमित अङ्गभङ्ग भएको खण्डमा विमितले बुझाउनदैं आएको वार्षिक प्रिमियर किस्ता बुझाउन नपर्ने, मासिक रुपमा उपचार खर्च पाउनुका साथै विमाङ्कको ५/६/७ प्रतिशतले वार्षिक नगद फिर्ता पाउने आइएमई लाईफ इन्सोरेन्स क.लि. हेटौंडा शाखाका प्रवन्धक रुद्रनाथ घिमिरेले बताए ।

इन्सोरेन्सले ल्याएको सम्पूर्ण विमा योजनामा २१ वटा घातक रोग विरुद्धको रक्षावरण समेत यही विमायोजनामा समाबेश गर्न सकिनेछ । विमितलाई २१ वटा घातक रोग मध्ये कुनै लागेको प्रमाणित भएको कागजआर्थ कम्पनीमा पेश भई आएको खण्डमा खर्च रसिद विल विनानै अधिकतम रु. ५० लाख सम्म कम्पनीले भुक्तान गरिने प्रवन्धक घिमिरेले बताए ।

नेपालमा सञ्चालित १९ वटा जीवन विमा कम्पनीहरु मध्ये न्युनतम बीमा शुल्कमा जीवन बीमा जारी गर्ने बीमा कम्पनीको रुपमा आईएमई लाइफ इन्सोरेन्स रहेको हेटौंडाका मार्केटिङ म्यानेजर केबल बानियाँले बताए ।

अन्य बीमा व्यवसाय भन्दा यस वीमा कम्पनीको वार्षिक व्यवसायमा वृद्धि हुदैं गइरहेको म्यानेजर बानियाँले बताए । उनले बीमा योजनाहरुमा कम बीमा शुल्कबाट धेरै सामाजिक सुरक्षा प्रदान गर्ने भएकाले बीमा प्रति जानकार बढ्दै गइरहेको बताए ।

आईएमई लाईफ ईन्सोरेन्सले प्रदान गरेको अभिकर्ता प्रोत्साहन योजना, सम्पूर्ण विशेषता युक्त बीमा योजनाहरु भए संगै बीमित तथा बीमा अभिकर्ताहरु उत्साहित भइरहेको वरिष्ठ मार्केटिङ म्यानेजर योग्यराज सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*