सहकारी नीति नियम र ऐनबारे अन्तक्रिया

३० आश्विन २०७६, बिहीबार १७:४४

सिधाखबर \ हेटौंडामा सहकारी ऐन, २०७४ को बारेमा अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा ४ मा रहेको श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिको आयोजनामा संस्थाका शेयर सदस्यहरुको उपस्थितीमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत सहकारी ऐन, २०७४, प्रादेशिक सहकारीको नीति नियम र व्यवस्था विषयमा अन्तरक्रिया गरि छलफल गरिएको थियो ।

सहकारीका शिक्षा उपसमितिका संयोजक रुद्र खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ का शाखा अधिकृत इमनाथ कंडेलको प्रमुख अतिथ्यता रहेको थियो । अधिकृत कंडेलले कार्यक्रममा सहकारी ऐन र नीति नियमको बारेमा व्याख्या विश्लेषण गरि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । ऐनमा व्यवस्था भएका मुख्य मुख्य व्यवस्थाहरुको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरि हेटौंडा उपमहानगरमा अर्थिक विकास महाशाखाका प्रमुख रामकृष्ण थापाले कार्यक्रममा सहकारीको महत्व, उद्देश्य,र नियमनका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्जा उप्रेती, कोषाध्यक्ष सुवोध भट्टराई, लेखा समितिका संयोजक हरिप्रसाद रिजाल, सचिव भोगेन्द्र लुईटेल,शिक्षा उपसमितिका सदस्य रामप्रसाल प्रसाई लगायतकाले आफ्नो भनाइ राखेका थिए । अन्तरक्रियामा सहकारीका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

साढे ५ करोड कारोबार गर्न सफल यस सहकारी संस्थामा ९८ लाख भन्दा बढी शेयरपुजी रहेको संस्थाका व्यवस्थापक रामहरि खरेलले बताए । संस्थामा हाल सम्म ८३४ जना शेयर सदस्य रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*