गढीमा आङ खस्ने समस्यासम्बन्धी छलफल कार्यक्रम

महिलाहरु लाज र डरका कारण समस्या लुकाउछन्,
१ कार्तिक २०७६, शुक्रबार १९:११

सिधाखबर \ प्रजनन् स्वास्थ्य तथा आङ खस्ने समस्याको बारेमा खुलेर कुरा गर्न आग्रह गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित शिखरकट्टेरीमा शुक्रबार भएको महिलाको प्रजनन् स्वास्थ्य तथा आङ खस्ने समस्यासम्बन्धी छलफल कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

मकवानपुरगढी गाउँपालिका, ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी र रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको छलफल कार्यक्रम आङ खस्ने समस्या भएका महिलामा चेतना एवं आर्थिक अभाव, डर र लाजका कारण खुलेर समस्या नभन्ने गरेको बताइएको हो ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित शिखरकट्टेरीमा शुक्रबार आयोजित महिलाको प्रजनन् स्वास्थ्य तथा आङ खस्ने समस्यासम्बन्धी छलफल कार्यक्रममा सहभागीहरुले महिलाहरुले आङ खस्नेसम्बन्धी समस्या लाज र डरका कारण समस्या लुकाउने गरेको बताए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा २ का वडाध्यक्ष बखानसिं पाख्रिनले महिलामा रहेको आङ खस्ने समस्या समाधानमा गाउँपालिकाले सहयोग गर्ने बताए ।

महिला आवाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजकुमारी अस्थानी र शिखरकट्टेरी स्वास्थ्य चौकीका अनमी शारदा न्यौपानेले महिलामा चेतनाको अभावसँगै आर्थिक अभावमा रोग लुकाउने समस्या रहेको बताए । कार्यक्रममा रोटरी क्लबका कार्यक्रम संयोजक हरिबंश भेटवाल, ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीका उमा लोहनी र सानोबाबा घिमिरेले सहजीकरण गरेका थिए ।

छलफल कार्यक्रमपछि आङ खस्ने समस्या भएकाहरुलाई चेतना वृद्धि गर्न तालिम र आङ खस्ने समस्याको निदानका लागि शिविर सञ्चालन गर्ने जानकारी गराइएको थियो । मकवानपुरगढी गाउँपालिकामा आगामी मंसिर ८ गते स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

यसअघि हेटौँडा उपमहानगरपालिकाको ७, १३, १७ र १९ नम्बर वडामा महिलाको प्रजनन् स्वास्थ्य तथा आङ खस्ने समस्यासम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको रोटरी क्लब हेटौँडामा अध्यक्ष इन्द्र नेपालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*