लगाइयो शाह मेडिकलमा शिलबन्दी

निशुल्क वितरण गरिने औषधि स–शुल्क बेचिएको खुलाशा
३ कार्तिक २०७६, आईतवार १६:३१

हेटौंडा \ सरकारी अस्पताल र हेल्थपोस्टबाट निशुल्क वितरण गरिने औषधि स–शुल्क बेचेको पाइएपछि हेटौंडा वडा २  मा रहेको शाह मेडिकल हलमा शिलबन्दी गरिएको छ ।

जिल्ला प्रशसान कार्यलयका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिकाका नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो । मेडिकलले झाडापखालागेको समयमा प्रयोग गरिने शक्तिजल नामको औषधिमा नेपाल सरकारबाट निशुल्क वितरण गरिने भनि लेखिएकोलाई कालो रंगको मार्करले केरेर प्रतिगोटा १० रुपैयाँका दरले बेचेको पाइएको हो ।

अनुगमनका क्रममा निशुल्क वितरण गरिने अन्य तीन चार प्रकारका औषधिपनि वारमद गरिएको अनुगमन टोलीमा रहेका उपभोक्ता मन्च मकवानपुुुरका अध्यक्ष कुमार पौडेलले बताएका छन्।

यस्तै मेडिकलले अनुमति विना विरामीलाई भर्ना गरेर उपचार गरेको पाइएको छ । औषधि मात्र बेच्ने गरि अनुमति लिइएको मेडिकलले अनुमति विना क्लिनिक समेत संचालन गर्दै आएको पाइएको हो । अनुगमन टोली पुग्दा झण्डै आधा दर्जन विरामीलाई भर्ना गरेर उपचार गरिरहेको पाइएको थियो ।

उक्त मेडिकलमा नेपाल सरकारले निशुल्क वितरणका लागि पठाइएको डाइजिन, आइ ड्रप लगायतका केही औषधि पाइएको छ । यता मेडिकल संचालक असोक शाहले आफु सरकारले वितरण गरेको औषधीको डिलर भएको बताएका छन्। यद्यपी सरकारले निशुल्क वितरण गर्न दिएको औषधी खुलेआम सशुल्क बेच्न नपाइने व्यवस्था रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*