राष्ट्रिय युवा संघ मकवानपुरमा चौलागाईको नेतृत्व

१७ कार्तिक २०७६, आईतवार १३:२१

सिधाखबर \ राष्ट्रिय युवा संघको देशभरि जिल्ला संयोजकहरु बाडँफाड गरिएको छ ।

मकवानपुर जिल्लामा भने तत्कालिन एमाले निकट युवा संघ नेपालका अध्यक्ष सन्तोष चौलागाईले नै राष्ट्रिय युवा संघको नेतृत्व गर्ने भएका छन्, ।

संघको बैठकले देशभर रहेका ७७ जिल्लामा नेतृत्वको वाँडफाड गरेको हो ।

संगठनका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा जारी प्रेस विज्ञप्ति मार्फत पदिय जिम्मेवारी बाडिएको सार्वजानिक गरिएको हो ।

तत्कालिन एमाले निकट युवा संघका अध्यक्ष सन्तोष चौँलागाई भए भने सह संयोजकको जिम्मेवारी तत्कालिन माओवादी केन्द्र निकट वाईसियलले पाएको छ ।

संयोजक चौलागाई जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*