मकवानपुरको फाखेलमा ४ दिन कात्तिके नाच हुदैं

नाच महाभारतको विराटपर्वको कथामा आधारित
१७ कार्तिक २०७६, आईतवार १६:५२

सिधाखबर \ मकवानपुरको इन्द्रसरोर गाउँपालिका -५ फाखेल खड्बु, नेवार गाउँमा कात्तिके नाच हुने भएको छ । नेपालकै सबैभन्दा पुरानो, लामो र उत्तम पौराणिक नाच कात्तिके नाच हुन लागेको हो ।

यहि २६ गते देखि सुरु हुने नाच ४ दिन सम्म सञ्चालन हुने आयोजक संस्था महाचुनी महालक्ष्मी नाटेश्वरी गुठीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिकाको सह आयोजनामा हुन लागेको कात्तिके नाच २८ गते एक दिन भने नहुने आयोजकले जनाएको छ । रातमा सञ्चालन हुन कात्तिके नाच महाभारतको विराटपर्वको कथामा आधारित ३/३ वर्षमा सञ्चालन हुने गर्दछ ।

Kamal Balami को फोटो।

पौराणिक महत्व बोकेको यस नाच कात्तिक महिनाको साझँपख परम्परागत नृत्यमा कात्तिक शुक्ल पुर्णिमाको दिन देखि नचाइन्छ । यस नाचलाई महाचुनी खत र कुमारी खत गरि दुई खतमा जम्मा चार रात नचाइन्छ । विशेष महाभारतको कथालाई नात्य रुपान्तर गरि मन्चन गर्ने गरिन्छ ।

Kamal Balami को फोटो।

अझ विभिन्न आभुषणमा सुसज्जित श्रीगणेश, महालक्ष्मी र भैरवको शालिन शैलीको चरियाले नाचलाई झन आकर्षित गर्ने गर्दछ । नाच मुलतः मुद्रामा आधारित हुन्छ । नेत्रको हेराई, औँला र गोडाको चाल कथानको विशिष्ट अभिनय हो ।

Kamal Balami को फोटो।

यस नाचको इतिहासलाई पल्टाएर हेर्ने हो भने ३०० वर्ष पहिले नै पाटनको राजा सिद्धिनरसिंह मल्लले यो नाचको थालनी गरिएको पाईन्छ । यो नाच देव सेनापती वा कार्तिक्यमा समर्पित गरिएको हुनाले यसको नाम कात्तिके नाच हुन गएको कथन रहेको पाइन्छ ।

फोटोः फाइल तस्वीर, कमल बलामीको फेसबुकबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*