गोरक्षेश्वरको प्रवद्र्धनमा मुख्यमन्त्री पौडेलको प्रतिवद्धता

१७ कार्तिक २०७६, आईतवार १८:०४

  सिधाखबर  \ ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडाको राप्ती तटमा रहेको गोरक्षेश्वर मन्दिरको प्रवद्र्धन गर्न प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आज बिहान गोरक्षश्वर मन्दिर विकास समितिमा रहेको वेद् विद्या आश्रम विद्यालयको निरीक्षण गर्नु हुँदै उहाँले थप व्यवस्थित बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरिने समेत बताउनु भयो ।

पौडेलले वेद्विद्या आश्रमको गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने र पूर्विय सनातनको उत्थान गर्न विकास समिति र आश्रमको ठुलो भूमिका रहने बताउनु भएको छ । मन्दिर तथा आश्रममा कार्यक्रम हल आवश्यकता रहेकोले निर्माणको लागि आवश्यक पहल गर्ने समेत उहाँले बताउनु भयो । मन्दिर तथा आश्रमको विकास तथा संरक्षणको लागि सामूदायिक वनले पनि सहयोग गर्नु पर्ने उहाँले औँल्याउनु भयो ।

एक फरक प्रसंगमा उहाँले ३/४ दिनभित्रमा बाइपास सडकको निर्माण कार्य सुरु गरिने बताउनु भएको छ । सडक निर्माणको लागि निर्माण पक्षसंग सम्झौता भईसकेकोले अब छिट्टै निर्माण कार्य सुरु हुने उहाँले बताउनु भयो । पौडेलले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका स्थानियलाई तत्काल छोडिदिन समेत आग्रह गर्नुभएको छ । हेटौँडाको राप्ती पुलबाट ५० मिटरको बाइपास सडक निर्माण गरिने उहाँले जानकारी दिनु भएको छ ।

उहाँले प्रदेश सरकारले अटो भिलेजको व्यवस्थापन गर्ने, निर्माण कम्पनी बनाएर काम गर्ने, भैरवडाँडालाई पर्यटकीय स्थलको रुपमा विस्तार गर्ने र हेटौँडा १५ चुरियामाइ मन्दिरस्थित दक्षिण एसियाकै पहिलो १०२ वर्षअगाडी निर्माण गरिएको सुरुङ मार्ग व्यवस्थित गरेर सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभएको छ ।

गोरक्षश्वर मन्दिर विकास समितिका संरक्षक अजेयराज सुमार्गीले खोला बजार र पानी नजिक रहेकोले त्यो स्थानलाई थप व्यवस्थित गर्न प्रदेश सरकारको सहयोग आवश्यकता रहेको बताउनु भएको छ । उहाँले प्रदेश सरकारले यस बारेमा ध्यान केन्द्रित गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले मन्दिरको समस्याको बारेमा जानकारी गराउनु भएको थियो भने वेद्विद्या आश्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ पराजुलीले आश्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अग्नीहोत्रा आश्रमका गुरु सितारा खनाल, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी लगाएत व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।गोरक्षश्वरमा प्रत्येक ५/५ वर्षमा अजेयराज सुमार्गीको संयोजकत्वमा महायज्ञ समेत सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*