पण्डित आत्रेयको ६५ वर्षको उमेरमा निधन

१७ कार्तिक २०७६, आईतवार १८:१४

पण्डित बासुदेव आत्रेयको ६५ वर्षको उमेरमा आज निधन भएको छ । २०११ सालमा मकवानपुरको निबुवाटारमा जन्मनु भएका पण्डितको विगत ८ वर्षदेखि मृगौला रोगको पिडीत हुनुहुन्थ्यो । हेटौँडा २ हरिकुञ्ज रोड निवासी पण्डितको आफ्नै निवासमा निधन भएको हो । पण्डितले २ दर्जनभन्दा बढी कृतिको लेखन तथा सम्पादन गर्नुभएको छ । उहाँ श्रीमद् भागवतको प्रखर प्रवक्ता समेत हुनुहन्थ्यो ।

उहाँले नेपाल, भारत, भुटान लगायतका देशहरुमा पुगेर हिन्दु धर्मको प्रचारप्रसार तथा भागवत प्रचार गर्नुभएको थियो । उहाँ कुशल संगीतकार तथा गायक, लेखक हुनुहुन्थ्यो । उहाँले २ हजार पटक भागवत, रामायण तथा १८ पुराण वाचन गर्ने पण्डितमा पर्नु हुन्छ । उहाँको आजै हिन्दु परम्परा अनुसार हेटौँडाको राप्ती तटमा अन्त्येष्टि गरिएको छ । उहाँको एक छोरा, दुइ छोरी र श्रीमति हुनुहुन्छ । पण्डित आत्रेयको निधनले सिगो धार्मीक क्षेत्रमा ठुलो चोट पुगेको बिभिन्न संघसंथाका प्रतिनिधिहरुले बताएकाछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*