सातै प्रदेशका प्रदेश प्रमुखहरूको पदमुक्त

१७ कार्तिक २०७६, आईतवार १८:३०

हेटौंडा \ सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको छ। प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम  आजैको मितिबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो। सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको हो।

२०७४ माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनिहरुलाई नियुक्त गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*