क्याम्पस प्रमुखको नियुक्ति आपत्तिजनक

१७ कार्तिक २०७६, आईतवार १८:५०

सिधाखबर \ नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस प्रमुुखको नियुक्तिको विषयलाई लिएर आपत्ति जनाएको छ । दसैँ तिहारको बीचमा विदाको समय पारी क्याम्पस प्रमुखमा शंकर उपाध्यायलाई क्याम्पस प्रशासनले नियुक्त गरेको थियो ।

क्याम्पसको तात्कालिन प्रमुख बच्चुराम अधिकारीको राजिनामा र अर्का क्याम्पस प्रमुखको नियुक्ति एकैदिन हुनुले केही चलखेल भएको नेविसंघले आरोप समेत लगाएको छ । क्याम्पस प्रमखमा नियुक्त भएकै दिन स्थायी नियुक्ति, बढुवा पनि एकै दिन दिनु नियमसंगत नभएको नेविसंघ मकवानपुर क्याम्पसका संयोजक सन्तोष चौलागाईले बताए ।

अन्य स्थानमा कार्यरत व्यक्तिलाई एक्कासी क्याम्पस प्रमुख बनाएर वषौँदेखी अध्यापनरत शिक्षकहरुलाई क्याम्पस प्रशासनले अन्याय गरेको नेविसंघले आरोप लगाएको छ । क्याम्पस प्रशासन यसतर्फ ध्यान नदिए सर्घषका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी नेविसंघले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*