जनप्रतिनिधिलाई मुलुकी अपराध संहिता, अपराध पीडित संरक्षण ऐन बारे अभिमुखीकरण

१७ कार्तिक २०७६, आईतवार १९:००

सिधाखबर \ हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुलाई मुलुकी अपराध संहिता २०७४ र अपराध पीडित संरक्षण ऐन २०७५ का विषयमा अभिमुखीकरण भएको छ । हेटौँडा उपमहानगरका ६ वटा वडाका २१ जना जनप्रतिनिधीहरुको भेला भएको उक्त कार्यक्रममा कानूनी विषयको सहजीकरण अधिवक्ता मन प्रसाद भट्टराईले गरेका थिए ।
हेटौडा ११का वडा अध्यक्ष गोकर्ण पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा आत्महत्या रोकथाम र व्यवस्थापनका विषयमा समेत छलफल भएको छ । आत्महत्या सम्बन्धी जिल्ला र नेपालको तथ्यांक, यसका प्रमुख कारण, लक्षण, उपचार र रोकथामका उपायहरु लगायतका विषयमा छलफल गरिएको हो ।

उक्त विषयको सहजीकरण सिविन नेपाल मकवानपुरकी कार्यक्रम अधिकृत एवम् मनोसामाजिक मनोविमर्शकर्ता सम्झना अधिकारीले गर्नु भएको सिविन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रम प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सिविन नेपाल मकवानपुरको आयोजनामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*