अग्रज पत्रकार परियारलाई पत्नीशोक

१९ कार्तिक २०७६, मंगलवार १४:५५

सिधाखबर \ मकवानपुरका पुराना पत्रकारहरुमा गनिने अग्रज पत्रकार कृष्णराम परियारलाई पत्नी शोक परेको छ । मकवानपुरमा रहि चार दशक देखि पत्रकारितामा क्रियाशील परियार राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता हुन्, ।

मंगलबार विहान साढे ९ वजे काठमाण्डौको मनमोहन अस्पतालमा उपचारको क्रममा परियारकी पत्नी मिना परियारको निधन भएको हो ।

हेटौँडा–८ स्थित कमाने बस्दैं आएकी परियारको ५३ वर्षको उमेरमा निधन भएको हो । परियारको विगत ५ वर्षदेखि मुटु र किड्नीको समस्या थिइन्, । पत्रकार परियारको १ छोरा र २ छोरी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*