हेटौंडामा पहिलो चोटी साइकलिङ अफरोड च्याम्पियनसिप हुदैं

१९ कार्तिक २०७६, मंगलवार १५:०४

सिधाखबर \ प्रदेश ३ को राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप हुने भएको छ । हेटौंडा राइर्डस क्लबको आयोजनामा च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

डिसेम्बर २८ अर्थात पुसको १२ गते एक दिन च्याम्पियनसिप हुन लागेको अध्यक्ष ताम्राकारले बताए । क्लबले विभिन्न कार्यक्रम गर्दै आइरहेको बेला भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । च्याम्पियनसिपमा खुल्ला रुपमा जो कोहीले पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

क्लबले आन्तरिक रुपमा कार्यक्रमको तयारी गर्दै रहेको र देशभरका विभिन्न साइकलिस्टहरुले च्याम्पियनसिपमा सहभागिता रहने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपमा सहभागिता जनाउन एक हजार दर्ता शुल्क लाग्ने, विजेताहरुलाई नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव दीनचन्द्र पौडेलले बताए । हाल सम्म कति किलोमिटर र रुटको विषयमा छलफल हुन बाकीँ रहेको सचिव पौडेलको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*