वडा अध्यक्ष वानियाँले आश्रमलाई दिए एक थान कम्प्युटर

२० कार्तिक २०७६, बुधबार १४:४३

हेटौँडा उपमहानगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश वानियाँले रजैयामा रहेको अग्नीहोत्रा आश्रमलाई एक थान कम्प्युटर सहयोग गर्नुभएको छ । वडा अध्यक्ष वानियाँले आज बिहान आश्रममा पुगेर आश्रामका गुरु डा। सिताराम खनाललाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । वडा अध्यक्ष वानियाले आफ्नो तलव सुविधा वापतको रकमबाट आश्रमलाई कम्प्यटुर सहयोग गरेको बताउनु भयो ।

आश्रमलाई लामो समयदेखी कम्प्युटरको आवश्यक परेको जानकारी आफूले पाएपछि ४० हजार रुपैया बराबरको कम्प्युटर खरीद्ध गरी आजै सहयोग गर्न बानियाँ आश्रम पुगेका थिए । उनले सामाजीक कामलाई निरनतरता दिन र आश्रमको गत्तिबिधि अगाढी बढाउन कम्युटरले सहयोग दिने बताउनु भयो । वानियाले यसअघि, पनि विभिन्न सामाजिक सेवा गर्दै आउनु भएको छ । केही हप्ता अगाडी उनले हेटौडा उमहानगरपालिका वडा नम्बर ५ निवासी ८० वर्षीया टिकादेवी ढुङ्गानाको घरमा खानेपानीको समस्या समाधान गर्न १६ हजार ब्यक्तीगत खर्चमा धारो निर्माण गरीदिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*