रोग लुकाएर नबस्न वडा अध्यक्ष बानियाँको आग्रह

आजबाट एक हप्ते एकीकृत घुम्ती स्वास्थ्य शिविर सुरु
२० कार्तिक २०७६, बुधबार १४:५६

हेटौँडा उपमहानगरपालीका वडा नम्बर ५ वडा कार्यालयले आजबाट एक हप्ते एकीकृत घुम्ती स्वास्थ्य शिविर सुरु गरेको छ । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको समन्वय तथा हेटौँडा उपमहानगरपालिको सहयोगमा हेटौँडा ५ पिप्लेस्थित बाल ज्योति माविमा जारी स्वास्थ्य शिविरमा पाठेघर मुखको क्यान्सर, इम्प्लान्ट, आइयुसिडी, यौन रोग तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । १ हजार ३ सय जना महिलाहरुले स्वास्थ्य सेवा लिनको लागि नाम टिपाएको आयोजकले जनाएको छ । शिविरको आज बिहान वडाका अध्यक्ष राजेश वानियाँले उद्घाटन गर्नु हुँदै स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि बञ्चित नहुन भन्दै कार्यक्रम गरिएको बताउनु भएको छ ।

सामान्य रोगको पहिचान गरी समयमै उपचार गर्न सकिए दिर्घकालीन रोक पाल्नु नपर्ने उनले बताए । यो कार्यक्रममा सबै महिला दिदीबहिनीहरुलाई सहभागी भएर निर्धक्क संग आफनो समस्या राखेर उपचार गराउन उनले आग्रह समेत गरेकाछन ।शिविरमा परिवार नियोजन संघका कार्यवहाक अध्यक्ष इश्वर पण्डित,निवर्तमान अध्यक्ष निगम श्रेष्ठ,वडा सदस्य ज्ञानु थापा लगायतको उपस्थिति रहेको थियो । शिविरमा परिवार नियोजन संघ मकवानपुरबाट खटिएका महिला चिकित्सकहरुले सेवा दिईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*