जग्गा नभएकोले काम गर्न समस्या: स्थानिय तह

२० कार्तिक २०७६, बुधबार १५:२९

सिधाखबर \ प्रदेश ३ का स्थानिय तहका प्रमुखहरुले पर्याप्त जग्गा नभएकोले विभिन्न समस्या भोगिरहेको बताएका छन्, । हेटौंडामा बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको स्थानिय तहसंगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्ताविक कार्यविधिमा अन्तरक्रिया कार्यक्रममा बोल्दै धुनबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्थानिय तहको लागि उपयुक्त जग्गा नभएकोले धेरै समस्या रहेको बताए ।

जग्गा खरिदको लागि बजेट छुट्याउदाँ पनि खरिद गर्न नसकेको उनले बताए । जग्गा महँगीले गर्दा र अलि सस्तो भेट्दा वन संग जोडिएकोले खरिद गर्न गाह्रो भएको उनले दुखेको पोखे । प्रदेश ३ सरकारले किन्न सक्ने वातावरण बनाउन आग्रह गरे । पार्क बनाउदाँ पुस्तकालय र सानो संग्रहलायको पनि निर्माण गर्नुपर्ने बताए ।

त्यस्तै किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले शान्ति पार्क निर्माण कार्यविधि माथी टिप्पणी गर्दै भौतिक संरचना भवनको मापदण्ड एउटै बनाउनुपर्ने बताए । नगरपालिकाको हकमा ५ रोपनीमा ३ वटा हल चाहिने भनिएकाले त्यो कुरामा असहमत रहेको र पछि समस्या आउने बताए ।

उनले प्रदेश ३ को सबै स्थानिय तहमा शान्ति पार्क बनाउने योजना अनुरुप जादाँ प्रदेश सरकारले तयार पारेको पार्कको मापदण्डमा रहि काम गर्दा उपयुक्त जग्गा नभएकोले ठुलो समस्या रहेको बताए । सहभागिहरुले शान्ति पार्कमा बुद्धको विषयमा केहि जानकारी दिने उद्देश्यले सामाग्रीहरु राखिनुपर्ने समेत सुझाव दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव वेदप्रसाद पौडेलले शान्ति पार्क निर्माण कार्यविधि/मापदण्ड, २०७६, स्थानिय तहसंग सुरक्षा व्यवस्थापन साझेदारी सम्बन्धी कार्यविधि, २०७६ र इजलाश निर्माण सम्बन्धी कार्यविधि, २०७६ प्रस्तुत गरि छलफल गरिएको थियो ।

कार्यक्रममा प्रदेश ३ का सभासद्, प्रदेश प्रमुख सचिव, प्रदेश ३ का विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*