कृषि सहकारीद्धारा दुग्ध संकलन केन्द्र सञ्चालन

२१ कार्तिक २०७६, बिहीबार १७:१७

सिधाखबर \ साना किसान कृषि सहकारी संस्था हाडीँखोलाले दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । बिहीबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको उपस्थितीमा केन्द्रको उद्घाटन गरि सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष राधिका ठकुरीले बताईन्, ।

महनरी ५ बसन्तपुरमा सञ्चालनमा आएको दुग्ध संकलन केन्द्रमा सहकारी संस्थाको करिब ४ लाख लगानी रहेको सस्थाका अध्यक्ष ठकुरीले बताईन्, । कृषि र पशुमा लगानी गर्छौ तर उत्पादित वस्तुको संकलन र बजारीकरणमा समस्या भएकोले शेयर सदस्यको माग अनुरुप संकलन केन्द्र स्थापना गरि सञ्चालन गरिएको उनले बताईन्, ।

सो संकलन केन्द्रमा विहानबेलुका दुध संकलन गरिने र उक्त दुधलाई संस्थाले नै नेवारपानीमा रहेको हेटौंडा डेरी इन्ड्रष्टिजमा लैजाने व्यवस्था गरेको अध्यक्ष ठकुरीले बताईन्, । दिनको तिन सय लिटर हाराहारीमा दुध संकलन हुने भएकाले उक्त स्थानमा केन्द्र सञ्चालन गरिएको बताईन्, ।

आफ्नो ठाउँमा सहकारीले दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याएकोले किसानहरु खुसि भएका छन्, । मनहरी ५ बसन्तपुर बस्ने शान्ता अधिकारी भन्छिन्, अब भने दुधको मुल्य किसानले राम्रै पाउछन्, । उनी भन्छिन्, पहिला प्राइभेट डेरी थियो दुधको मुल्य उचित रुपमा पाएका नि थिएनौं अब भने उचित मुल्य पाउनेमा ढुक्क भएका छौं । दिनको २० लिटर दुध बेच्दै आएकी अधिकारी जस्तै बसन्तपुर, दरदरा, डिल्लीपुर र रुन्चेडाँडाका किसानहरु आफ्नै सहकारीले केन्द्र सञ्चालन गरेकाल खुसी रहेकाछन्, । संकलित दुधका ढुवानी र दुध भर्ने काम सहकारीले नै गरिने जनाइएको छ ।

संस्थाका अध्यक्ष राधिका ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद राजाराम स्याङ्तान, वडा सदस्य तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*