भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै शुक्रबार हेटौंडामा विरोध कार्यक्रम हुने

२१ कार्तिक २०७६, बिहीबार २३:५८

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि ’गो ब्याक इण्डिया’को नारा लगाइएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्थीले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै आज बिहान विरोध प्रर्दशन गरेका हुन् । हेटौंडाका विभिन्न क्याम्पसहरुबाट क्याम्पस पोशाकमै विद्यार्थीहरुले भारतीय दादागिरीविरुद्ध उत्रेका हुन्। उनीहरुले नरेन्द्र मोदीलाई व्यङ्ग गर्दै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। खराब छिमेकीको बानी नदेखाउन आग्रह गर्दै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको बताएका छन्। मकवानपुरका विद्यार्थीहरुले भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन्।
यसैबीच , भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै भाोली पनि हेटौंडामा विरोध कार्यक्रम हुने भएको छ । नागरिकको हक अधिकारको लागी बोल्दै आएका विभिन्न ६ वटा संघ सस्ंथाले आज संयुक्त विज्ञप्ति जारि गर्दै विरोध कार्यक्रम गर्ने जनाएको हो । जनसरोकार मन्च नेपाल,शशक्त कार्की संघ, नागरिक सरोकार समिती मकवानपुर, मकवानपुर जागरण अभियान,राष्ट्रिय कर्मचारी महासंघ प्रदेश ३ , रा.मानव अधिकार केन्द्र मकवानपुरले आज संयुक्त रुपमा विज्ञप्ति जारि गर्दै खवरदारी कार्यक्रममा सहभागी हुन आह्वान समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*