प्रशिक्षण तथा पत्रकारिता तालिम सुरु

२३ कार्तिक २०७६, शनिबार ११:३९

चित्लाङ / प्रेस युनियन मकवानपुरको आयोजनामा हुने १ दिने प्रशिक्षण तथा पत्रकारिता तालिम कार्यक्रम मकवानपुरको चित्लाङमा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक नेपाल पत्रकार महासंघ पुर्व अध्यक्ष धर्मेन्द्र झा र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले प्रशिक्षण दिइरहेका छन्, ।

कार्यक्रममा प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल,नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, कांग्रेस थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठ प्रेस युनियनका निवर्तमान अध्यक्ष रुपेश दुलाल लगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षणमा कार्यक्रममा सहभागी ६० युनियन आवद्ध पत्रकारहरुको सहभागिता रहेको छ । प्रेस युनियनका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*