पत्रकारितामा कपि पेष्टले गर्दा विश्वास घट्याे: नेता बानियाँ

२३ कार्तिक २०७६, शनिबार १८:२३

सिधाखबर (चित्त्लाङ) / नेपाली कांग्रेस प्रदेश ३का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले अहिलेको पत्रकारितामा कपि पेष्टले गर्दा सञ्चार माध्यमको विश्वास घट्दै गइरहेकाे बताएका छन्।

प्रेस युनियन मकवानपुरले आयोजना गरेको प्रशिक्षण तथा पत्रकारिता तालिमको समापनको क्रममा नेता बानियाँले अहिले एउटा पत्रकारले लेखेकाे समाचार अर्काे पत्रकारले कपि पेष्ट गर्नाले विश्वास घटेकाे उनले बताए ।

उनले पत्रकारिता मर्यादित पेशा रहेकोले सबै पत्रकार र पत्रकारिता जगत मर्यादित हुनुपर्ने बताए ।
बानियाँले राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगत लोकतन्त्र र स्वतन्त्रमा संवाहक भएको बताउँदै सिङ्गो पत्रकारिता लोकतन्त्र संस्थागत गर्न लाग्नु पर्ने बताएका छन्।

प्रेस युनियन मकवानपुरको आयोजनामा भएको १ दिने प्रशिक्षण तथा पत्रकारिता तालिममा मकवानपुरमा आवद्ध करिब ६० जना पत्रकारहरुको सहभागीता रहेको थियो।

समापन कार्यक्रममा हेटौंडा उपमहानगर सभापति अान्नदराम पराजुली, प्रमुख प्रशिक्षक धर्मेन्द्र झा, प्रशिक्षक पाेषण केसि, गगांधर पराजुली, नेपाली काङ्ग्रेसका प्रवक्ता प्रदिप काेइराला लगायतहरुकाे उपस्थिति रहेकाे थियाे । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीकाे अध्यक्षतामा भएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*