प्रतिलिटर दुधमा प्रदेश सरकारले एक रुपैयाँ दिने: मन्त्री लामा

२५ कार्तिक २०७६, सोमबार १६:३१

सिधाखबर \ प्रदेश ३ सरकारले पशुपालक किसानको लागि प्रतिलिटर एक रुपैयाँ थप अनुदान दिने भएको छ । हेटौंडा ११ मा रहेको क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थाको छैटौं साधारण सभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अब हरेक दुध बेच्ने किसानलाई थप उर्जा मिलोस भनि प्रतिलिटर एक रुपैंया अनुदान दिने बताएका छन्, ।

प्रदेश सरकारले विभिन्न निति नियम तयार गरि यहि मंसिर पुसबाट यो अनुदान कार्यक्रम लागु गरिने उनले बताए । यसको लागि तयारी अन्तिम चरणमा पुगेको समेत बताए । उनले अब किसान व्यवसायिक उन्मुख हुनुपर्नेमा जोड दिए जहिले पनि निर्वाहमुखी खेतिपाती र पशुपालनले किसानमा आर्थिक उन्नती नहुने बताए ।

कृषि क्षेत्रमा खेतिपाती प्रणाली परिवर्तन गर्न नसके किसान कहिल्यै पनि आर्थिक स्तर नबढ्ने बताए । उनले अब जग्गा भाडामा लिएर घाँस लगाई व्यवसायिक खेति गर्न आग्रह गरे । पानीको अभावले खेतिपाती लगाउन समस्या भएमा खेति प्रणाली परिवर्तन गरि फलफुल लगायत अन्य विरुवा रोप्ने बताए ।

प्रदेश सरकारले माटो परिक्षण, पशु एम्बुलेन्स लगायत विभिन्न काम गरि सकेको र निकट भविष्यमा दुधको पाउडर उद्योग सञ्चालनको तयारी रहेको बताए । प्रदेश ३ को ६६ निर्वाचन क्षेत्रमा नमुना कृषि फर्म सञ्चालन गरिने योजना रहेको र सोही अनुरुप काम भइरहेको उनले बताए । विभिन्न देशका टेक्नोलोजीहरु भित्र्याएर कृषि प्रणालीमा परिवर्तन गर्न सरकार लागिपरेको उनको भनाइ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*