क्षिरसागर दुग्ध सहकारीको साधारण सभा

२५ कार्तिक २०७६, सोमबार १७:१६

सिधाखबर \ हेटौंडा ११ मा रहेको क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थाको छैटौं साधारण सभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख अतिथ्यतामा सोमबार भएको छ ।

संस्थाले सभामा संस्थाको सुरुवाती अवस्थामा सञ्चालन गर्न को निम्ति निरन्तर प्रेरणा दिइ रहेका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई सम्मान गरेको थियो । सोही अवसरमा अग्रज शेयर सदस्य हरि प्रसाद अर्याललाई समेत सम्मानपत्रले सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाका कर्मचारी सविना तिमल्सिनालाई प्रशंशापत्रले सम्मान गरेका थिए । सहकारीमा सबैभन्दा बढी दुध विक्री गर्ने किसान हरुलाई पुरस्कृत गरिएको थियो ।

पहिलो हुने किसानमा सावित्री हुमागाई, दोस्रो हुने भोजराज नेपाल र तेस्रो स्थान हासिल गर्ने माया गिरी रहेका छन्, । १ लाख ८४ हजार ३ सय शेयरपुजीँ रहेको संस्थाले आर्थिक वर्ष २०७५/७६मा १ लाख ६३ हजार लिटर दुध खरिदविक्री गरिएको संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अब गएका आर्थिक वर्षमा किसानलाई १ रुपैंया २५ पैसा प्रतिलिटर थप अनुदान दिने गरेको मा अब यो आवबाट १ रुपैया ५० पैसा दिने निर्णय रहेको समेत बताए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष वासुदेव अधिकारी, हेटौंडा ११ का वडा अध्यक्ष गोकर्ण पराजुली, नेकपाका नेता रामेश्वर राना लगायतकाले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्य, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एंव प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । सभा संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*