हेटौंडाका श्रेष्ठ फिटनेस जुम्बा प्रशिक्षणका लागि पुगे युरोप

२५ कार्तिक २०७६, सोमबार १८:४९

सिधाखबर \  हेटौंडाका नृत्य कला क्षेत्रका नृत्य प्रशिक्षक सुजन श्रेष्ठ यतिखेर युरोपको जर्मन देशको ब्रोनलिङमा रहेका छन्, । उनी त्यहाँ फिटनेस जुम्बा प्रशिक्षक भएर पुगेका हुन्, ।

हेटौंडामा विगत १५ वर्ष देखि कलिउड कला केन्द्र सञ्चालन गर्दै आएका श्रेष्ठ पछिल्लो समयमा कलिउड सुपर डान्स एण्ड फिटनेश प्रा.लि कम्पनि सञ्चालन गर्दै आएका छन्, । चितवनमा २०४४ भदौ महिनामा जन्मिएका श्रेष्ठ मकवानपुरको नृत्य क्षेत्रका एक गहनाको रुपमा लिने गरिन्छ । एउटा सानो कोठाबाट सुरु गरिएको नृत्य प्रशिक्षण केन्द्र ठुलो कम्पनी सम्म आइपुग्दा साह्रै खुसी लागेको उनी बताउन्छन्, ।

लामो समयको प्रशक्षिक अनुभवको आधारमा आफु देशमा मात्र नभई मकवानपुरको नाम राख्न युरोपको जर्मनमा यहाँका जम्बा पारखीलाई जुम्बाको प्रशिक्षण दिन पाउँदा गर्व महसुस भएको श्रेष्ठ बताउछन्, । झण्डै एक महिना भन्दा बढी समयमा आफुले फिटनेस जुम्बाको प्रशिक्षण दिइने बताए । जर्मनको विभिन्न ठाउँठाउँमा उक्त फिटनेस जुम्बाको प्रशिक्षण दिने कार्यक्रम रहेको उनले बताए ।

सिधाखबर संग कुराकानी गर्दै प्रशिक्षक श्रेष्ठ भन्छन्, नृत्य क्षेत्रलाई र फिटनेस क्षेत्रलाई व्यावसायीक रुपमा अगाडी बढाई सफल भइने बताए । स्थानिय देखि राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पनि फिटनेस जुम्बा डान्स सिकाउन पाउँदा खुसी लागेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*