महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण हेटौंडामा

२६ कार्तिक २०७६, मंगलवार १७:१३

सिधाखबर \ नेपाली कांग्रेसका प्रदेश ३ अन्र्तगत ६ जिल्लाका महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण आजबाट हेटौंडामा सञ्चालन भएको छ । केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएकोे प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा भएको छ ।

प्रदेश ३ का मकवानपुर, सिन्धुली, रसुवा, चितवन, धादिङ र नुवाकोटका २९० जना प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम भएको हो । प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालका अनुसार प्रतिष्ठानले विभिन्न स्थानहरुमा प्रशिक्षण दिदै आइरहेको र हेटौंडा पाचौँ स्थान रहेको बताए । देशव्यापी रुपमा क्षेत्रगत प्रशिक्षण कार्यक्रम गरिरहेको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री प्रा.डा. शशांक कोइराला, नेता डा. रामशरण महत, केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्याय, नेपाल महिला संघ केन्द्रका अध्यक्ष उमा रेग्मी लगायतकाले आफ्ना विचार राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*