नेपाललाई थाहै नदिइ चिन-भारतबीच सन्धी गरि लिपुलेक भारतको कब्जामाः वरिष्ठ नेता पौडेल

२६ कार्तिक २०७६, मंगलवार १७:१५

सिधाखबर \ नेपालको सिमाना लिपुलेक चिन र भारतले नेपाललाई जानकारी नदिई सन्धि गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएकाछन्, । उनले हेटौंडामा दुई सञ्चालन हुने महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले तिन राष्ट्रको सिमाना रहेको लिपुलेक नेपाललाई थाहै नदिई भारतले कब्जा गरेको बताएका हुन्, ।

चिनले भारत संग सम्झौता ग¥यो अब यो सरकारले चारै नाका र सिमानाहरुमा कडा सुरक्षा व्यवस्था दिनुपर्ने बताए । राष्ट्रवादको कुरा गर्ने यो सरकारले यस विषयमा खासै चासो नदिएको र जनतालाई झुक्काइरहेको उनले बताए । कार्यक्रममा बोल्दै नेता पौडेलले हतियारको राजनिति होइन विचारको राजनिति गरेका छौं । तर नेपाललको राजनितिक क्षेत्रमा विकृति र विसङ्गती आएकोले त्यसको प्रभाव लोकतन्त्रमा पुगेको बताए ।

कम्युनिष्ठ सरकारले खाली भाषणको खेती गर्ने विना योजना काम गर्ने जस्ता क्रियाकलापले माखो समेत मार्न नसक्ने अवस्थामा रहेको उनले बताए । सरकारको चारै महत्वपूण अंगहरु माथीनै हमला गर्ने काम गरि रहेको दुई तिहाइ भएको कम्युनिष्ठ सरकारले जनताको जुन मत पाए त्यहीँ मतको विश्वासघात गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*