लिपुलेक कालापानी नेपालको होः सभापति देउवा

२६ कार्तिक २०७६, मंगलवार १७:१७

श्रीराम अर्जुन / नेपाली कांगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सिमाना लिपुलेक र कालापानी नेपालको हो भनि बताएका छन्, । प्रदेश ३ को राजधानी हेटौंडामा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश ३ स्तरिय महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले कालापानी हाम्रो हो राजा महेन्द्रले भारतलाई दिइएको भन्ने छ त्यो मलाई थाहा छैन तर लिपुलेक र कालापानी नेपालकै हो भनि बताएका छन्, ।

आफुले विगतका दिनहरुमा भारतमै गएर पनि भनेको छु लिपुलेक नेपालको हो भनेर । राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले किन खुलेर बोल्न सक्दैन लिपुलेक र कालापानी हाम्रो हो भनेर भन्दै आरोप लगाए । उनले यो सरकारले लोकतन्त्रलाई लत्याएर अधिनायकवाद लादेको बताए ।

उनले मित्र दुबै राष्ट्र जुन सुकै होस ऋण लिएर नेपालमा रेल ल्याउनु मुर्खता रहेको बताए । ऋण लिएपछि व्याजका कुरा आउने र आर्थिक भार बढ्दै जानुपर्ने भएकाले रेलको कुरा राम्रो नभएको बताए । दुई तिहाईको दम्भ बोकेको यो सरकारले पहिला सबै गाउँघरमा बाटो पुराउन सकेको छैन रेलको कुरा गरेर जनता झुक्काइरहेको आरोप लगाए ।

प्रशिक्षण पश्चात सबै कांग्रेस एक ढिक्का भएर जानुपर्ने र एकता गरि अघि बढ्नुपर्नेमा जोड दिदैं सभापति देउवाले नेपाल धेरै अपठ्यारोमा रहेको छ सिमाना होस् या राजनिति अब सबै मिलेर देशलाई बचाउन तर्फ लाग्नुपर्ने बताए । दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा छ जिल्लाका २ सय ९० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*