लायन्सद्धारा निशुल्क मधुमेह परिक्षण

२६ कार्तिक २०७६, मंगलवार १९:५३

सिधाखबर \ लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी २ रिजन १५ अन्तर्गत सम्पुर्ण क्लवहरुको संयुक्त आयोजनामा मंगलबार निशुल्क सुगर परिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा लायन्स क्लव अफ इनटरनेशनल ३२५ वी २ का डिस्ट्रिक चिफ कृष्णराम न्यौपानेको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ मकवानपुरका बर्ष २०१८÷/२० का अध्यक्ष सरोज पोखरेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा रिजन १५ का चियर पर्सन शिव विडारी ,एरिया ‘का’े चिफ टासि डोल्मा तुम्वाहाम्फे , वर्ड बैंक कोअर्डिनेटर डा.सुन्दर कुमार श्रेष्ठ , एन–एल–एफ कोअर्डिनेटर विकेशलाल श्रेष्ठ, जोन चियर पर्सन प्रल्हाद मिश्र , र राजेश भेटवाल तथा लायन्स क्लब अफ हेटौंडा नारायणी मलका अध्यक्ष कैलाश ढकालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ हेटौडा नारायणी मलका बर्ष २०१८ /२० का अध्यक्ष अन्जन दहालले राख्नु भएको थियो । उक्त शिविरमा १२४ जनाले सुगर तथा ब्लड प्रेसर परिक्षण गरेको संयोजक सन्तोष पराजुलीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*