किस्ता तिर्न सहज बनाउन यातायात संघको बैंकर्स संग छलफल

२६ कार्तिक २०७६, मंगलवार २०:१२

सिधाखबर \ नारायणी यातायात व्यवसायी संघले हेटौंडा बैंकर्स क्लबसँग छलफल गरेको छ । संघले व्यवसायीहरुलाई बैंक किस्ता बुझाउन असहज भएको भन्दै यातायात क्षेत्रको कर्जासम्बन्धमा क्लबसँग छलफल गरेको हो । छलफलमा पछिल्लो समय यातायात व्यवसायीहरुले बैंक किस्ता बुझाउन नसकेको भन्दै बैंकलाई व्यवसायीको समस्या बुझिदिन आग्रह गरेका थिए ।

हाल १२ चक्के गाडीले मासिक ६० हजार मात्र कमाउने परिस्थिती बनेको तर बैक किस्ता मासिक १ लाख तिर्नुपर्ने भएकाले असहज भएको भन्दै नारायणी यातयात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बैंकर्स संग गुनासो राखेका थिए । आफुहरुले ५ वर्षको लागि बैंकबाट कर्जा लिएको ३६ महिना किस्ता तिरिसकेको भन्दै अध्यक्ष श्रेष्ठले १८ महिनाको समय अवधि थप गरिदिए यातायात व्यवसायीले सहज ढङ्गले आफ्नो किस्ता तिर्न सकिने श्रेष्ठले बताए ।

यस्तै, संघका महासचिव सरोज खनालले निर्माण सेवाका कामहरु ठप्प हुनु, देशले धान्ने भन्दा बढी मालबाहक गाडी आयात भई सञ्चालन हुनुले पनि कर्जा तिर्न समस्या भएको बताए । उहाँले जसरी भुकम्पको बेला राज्यले बैक किस्ता तिर्न सहज बनाएको थियो त्यस्तै गरेर अहिले यातायात व्यवसायीलाई पनि मध्येनजर गर्दै समस्या समाधानमा केन्द्रित भइदिन अनुरोध गरे ।

कार्यक्रममा हेटौंडा बैंकर्स क्लबका अध्यक्ष रमेश प्याकुरेलले राष्ट्र बैंकले जारी गरेको निति परिवर्तन गर्न सके मात्रै समस्या समाधान गर्न सकिने बताए । आफुहरुले मापदण्ड बाहिर गएर बैंकले व्यवसायीको मर्का बुझ्न नसक्ने भन्दै आफ्नो समस्या राष्ट्र बैंकसँग राख्न आग्रह गरे । समस्या राख्न बरु आफुहरुले वातावरण सिर्जना गर्न सकिने उनले बताए । कार्यक्रममा संघका पुर्वअध्यक्ष बद्रि चौलागाईले बैंकर्ससंगको छलफल पछि राष्ट्र बैंक संग केन्द्रिय लेबलमा पनि छलफल चलाउने बताए अहिले ९९ प्रतिशत मालबहाक गाडीलाई किस्ता तिर्न समस्या परेको समेत चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*