आँचलका पाँच पुरस्कार र सम्मान सार्वजाननिक

२७ कार्तिक २०७६, बुधबार १७:२३

सिधाखबर \ आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न पाँचवटा पुरस्कार तथा सम्मान गर्ने भएको छ । यस संस्थाले स्थापना देखि नै साहित्य तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने स्रष्टा तथा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । यसैक्रममा दाताहरुको सहयोगले यस वर्षदेखि संस्थाले ५ वटा सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको पुञ्जका कार्यबहाक अध्यक्ष अनिता न्यौपानेले बताइन्, । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि विभिन्न सम्मानको बारेमा जानकारी दिइएको थियो ।

यस वर्ष बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान –२०७६बाट काठमाडौकी समाचालोक/कवि डा. विन्दु शर्मालाई प्रदान गरिने भएको थियो । रु. १०,००१ राशी र सम्मानपत्रसहित सम्मानित गरिने न्यौपानेले बताईन्, ।

त्यस्तै, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गर्नु भएको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ तनहुँको चुदी रम्घामा जन्मनु भएकी प्रभा भट्टराईलाई रु १०,००१ /– ले प्रदान गरिने भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/ बुबाको नाममा स्थापना गर्नुभएको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान– मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो इतिहास बनाउनु भएका नवराज शर्मालाई नगद ५,५५५/– प्रदान गरिने न्यौपानेले बताईन्, ।

त्यस्तै, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ बाट ललितपुर इमाडोल निवासी कथाकार/बालकथाकार/कवि ललिता दोषीलाई प्रदान गरिने भएको छ । रु.११,१११/- राशी र सम्मानपत्रसहित सम्मानित गरिने भएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गर्नुभएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ मकवानपुर जिल्लामा रही साहित्यको क्षेत्रमा लामो इतिहास बनाउनु भएका साहित्यकार आरसी रिजाललाई प्रदान गरिने जनाइएको छ । १५,००१ /–राशीसहित सम्मान प्रदान गरिने भएको छ ।

पाँच वटै सम्मान तथा पुरस्कारहरु आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवको दिन मंसिर २१ गते विशेष साहित्यिक कार्यक्रमका बीच प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*