ग्रामिण बहुउद्देश्यीयमा पुनः अधिकारीको नेतृत्व

१ मंसिर २०७६, आईतवार ०७:२३

सिधाखबर \ ग्रामिण बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्षमा पुःन राजु अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको संस्थाको २० औ वार्षिक साधारण सभा तथा ७ औ अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका हुन । त्यसैगरी संस्थाको उपाध्यक्षमा भोला प्रसाद अर्याल,सचिवमा प्रतिमा श्रेष्ठ, सह सचिवमा शकर बहादुर रोक्का, कोषाध्यक्षमा राजेन्द्र मैनाली चयन भएका हुन ।

त्यसैगरी संस्थाको सदस्यहरुमा जयराम अर्याल, गीता कोइराला अर्याल, राजेन्द्र पुडासैनी, शरण घले, प्रदिप अधिकारी,कृष्णप्रसाद घिमिरे चयन भएका छन् । संस्थाको लेखा सयोजकमा पुर्णप्रसाद पुडासैनी,सदस्यहरुमा कुबेर पोखरेल र प्रभाकर पुडासैनी चयन भएका छन् ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यतामा भएको सभामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको विशेष अतिथ्यता रहेको थियो ।

एक हजार २०९ शेयर सदस्य रहेको संस्थाको ६९ लाख ५० हजार ९०० शेयर पुजीँ रहेको छ । सभामा जेष्ठ शेयर सदस्य खेमनाथ घिमिरे, नियमित बचत कर्ता सुपबहादुर विक र मनिषमान श्रेष्ठ, असल ऋणी टेक बहादुर थापामगर र उषा जिम्बा स्याङ्तानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललितबहादुर घलान, हेटौंडा २ का वडा सदस्य महेन्द्र मान श्रेष्ठ संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनीलगायतकाले आफ्नो भनाई राखेका थिए । सहकारीका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*