ओलम्पियन टोलीलाई हेटौडामा खेलकुद विकास समितिको स्वागत

८ मंसिर २०७६, आईतवार १२:५८

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) को प्रचार प्रसारका लागि शुरु भएको ओलम्पिक टर्च हेटौंडा आईपुगेको छ । प्रदेश एकबाट ओलम्पिक टर्च बोकेर प्रचारमा हिँडेको ओलम्पियन टोली शनिबार बेलुका हेटौंडा आइपुगेको थियो । टर्च बोकेर आउने ओलम्पियन टोलीलाई हेटौंडामा स्वागत गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरबाट टर्च ¥याली सरु? भएको थियो । हिजो जनकपुर हुँदै आज टर्च ¥याली हेटौंडामा प्रचार प्रसार गरेको हो ।

¥याली बुटवल, सुर्खेत, धनगढी र पोखरा हुँदै काठमाडौं पुग्ने तालिका रहेको छ । भोली ९ गते प्रदेश ५ को लुम्बिनी र बुटवल, १० गते कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, ११ गते सुदूरपश्चिम प्रदेशको धनगढी तथा १२ गते गण्डकी प्रदेशको पोखरा सहर परिक्रमा गराइने टर्च ¥यालीमा सहभागी ओलम्पियन ज्ञानबहादुर बोहराले जानकारी दिए । १३ गते पोखराबाट टर्चलाई काठमाडौं पु¥याइनेछ । मंसिर १५ गते उद्घाटनका दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई उद्घाटनस्थल त्रिपुरेश्वरको दशरथ रंगशालामा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ ।


टर्च बोकेर आईपुगेको टोलीहरुमा ओलम्पियन एथलेटिक्स खेलाडीहरु मुकुण्डहरि श्रेष्ठ जीतबहादुर केसी राजकुमारी पाण्डे कान्छीमाया ज्ञानबहादुर बोहरा र सुटिङका टिकाराम श्रेष्ठहेटौंडा आइपुगेका हुन् । आइतबार बिहान खेलकुद विकास समितिमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामाले स्वागत गर्दै खेलकुदलाई स्थानीय सरकारहरुले पनि प्राथमिकतामा राखेको बताएकी थिईन् । यस्तै प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले स्वागत गर्दै चितवनका लागि बिदाइ समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*