‘के यो माया हो’ गीतको भिडियो सार्वजनिक

‘के यो माया हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गत आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अस्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ। भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन्। गीतको भिडियोमा रोजि पन्त र निर्जन थापाले मोडलिङ्ग गरेका छन्। रोजि अस्ट्रेलियामा बसोबास गर्दै आएकी छिन्।
उनको यो पहिलो नेपाली म्यूजिक भिडियो हो। यसअघि रोजिले एउटा हिन्दी भिडियोमा मोडलिङ गरिसकेको बताइन्। उनले विदेशमा रहेपनि नेपाली कला क्षेत्रमा आफूलाई अगाडी बढाउँने रुचि रहेको बताइन्। उनको अपोजिटमा मोडलिङ गरेका निर्जन नेपाली मोडलिङ क्षेत्रमा परिचित अनुहार हो। उनले सधै आफूले राम्रो काम गर्ने प्रयास गर्ने गरेको बताए।