विमल,अन्जन र दिनेशको ठाउमा को को खेल्दै छ पढनुहोस

९ मंसिर २०७६, सोमबार ११:५२

एन्फाको कारबाहीमा परेका अन्जन विष्ट,दिनेश राजवंशी र विमल घर्ती मगरले घरेलु भूमिमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुन नपाउने भएका छन् । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो ।

यसलाई एन्फाले फुकुवा नगरेपछि दुई दशकपछि नेपालमा हुन लागेको साग खेलकुदमा सहभागी हुनबाट तीन खेलाडी वञ्चित हुन लागेका हुन् । अनलाईन खबरका अनुसार कारबाहीमा परेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*