‘साङ्लो’ र ‘सेल्फी किङ’ एकैदिन आउने

९ मंसिर २०७६, सोमबार १२:०६

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचत्रि अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ले रिलिज घोषणा गरीसकेको छ ।

आगामी फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो चलचित्रको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित गत शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव(अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । विराज र निकिताको जोडी बाँधिएको यो चलचित्रको आगामी बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । चलचित्रले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*