विपन्न परिवारलाई एक्सपर्टको सहयोग

१३ मंसिर २०७६, शुक्रबार ११:२९

सिधाखबर, चितवन \ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विपन्न चेपाङ परिवारलाई कब्बल सहयोग गरेको छ । चिसो मौसमको सुरुवात भएकोले चेपाङ परिवारलाई न्यानो कपडा कब्बल वितरण गरिएको हो । बोल्ने कला सम्बन्धित आयोजित ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ प्रतियोगिताको फाइनलमा पुगेका १० जना प्रतियोगीहरुले चितवनको इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा पुगेर विपन्न चेपाङ परिवारलाई कम्बल वितरण गरेका थिए ।

मंगलबार जनप्रिय मावि कल्याणटार, काउलेमा चेपाङ परिवारलाई कम्बल वितरण गरिएको प्रतियोगिताको आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेण्टका प्रवन्धक विमोचन आचार्यले बताए । कार्यक्रममा बोल्दै प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रतियोगीहरुलाई किताबी ज्ञान मात्र नभइ बाहिरी ज्ञान प्रदान गर्नका लागि एक्सपर्टले यस्तो कार्यक्रमलाई सहयोग गरेको बताए । उनले यस कार्यले विद्यार्थीहरुलाई ज्ञान बाड्नुको साथै विपन्न परिवारले केही राहत प्राप्त गरेको बताए ।

कम्बल लिनका लागि पहाडी भेगका नाइबेन्दी, भोटेगाउँ, हपनि, माझगाउले, तोरडाँडा, छाँपडाडालगायत गाउँबाट ५० घरपरिवारका चेपाङ महिला र पुरुषहरुको उपस्थिती रहेको थियो । कब्बल लिए पश्चात छापडाँडाकी पुतली माया प्रजाले खुसी हुदैं न्यानो कपडा नहुँदा जंगलको दाउराले आगो बालेर बस्नुपर्ने बाध्यता रहेको सुनाइन् ।

IMG_8727

प्रतियोगिताका टप टेन प्रतियोगीहरुले विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । यसैबीच सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएको छ । दन्त परीक्षणका लागि चितवन डेन्टल होमले प्राविधिक सहयोग गरेको थियो । विद्यार्थीहरुको दाँतको डा.रिस्नु केसी, डा.सन्ध्या कँडेलको टिमले परीक्षण गरेको थियो । सो क्रममा केही विद्यार्थीहरुको किराले खाएको दाँत समेत निकालिएको डा. रिस्नु केसीले जानकारी दिए । यस्तै केहीलाई औषधि समेत प्रदान गरिएको उनले बताए ।

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ प्रतियोगिताको फाइनल अघि प्रतिस्पर्धीहरुलाई विभिन्न क्रियाकलापमा सहभागी गराउँदै आईरहेको छ । प्रतियोगिताको फाइनल भने यही मंसिर २० गते भरतपुरमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*