बिरगंज र हेटौडा भेट्रान्स बिचको मैत्रीपूर्ण खेल बराबरी

१४ मंसिर २०७६, शनिबार १८:०३

हेटौंडा भेट्रान्स र बीरगञ्ज भेट्रान्स बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हेटौंडा ६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा दुबै टिमको तर्फबाट एक –एक गोलको बराबरीमा खेल खेलेका थिए् । २५–२५ मिनेटको खेलमा हेटौंडा भेट्रान्सका अनुप लामाले खेलको २४ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि बीरगञ्ज भेट्रान्सका तर्फबाट मेघराज श्रेष्ठले खेलको ३५ औ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । निर्धारीत ुमयमा बराबरी गोल भएपछि मैत्रीपुर्ण खेल बराबरीमै सम्पन्न भएको थियो । हेटौंडा भेट्रान्सले आगामी १८ गतेदेखी राष्टिय भेट्रान्स कप फुटबल खेल आयोजनाको तयारी गरीरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*