परिवर्तन महिला सहकारीको आयोजनामा कार्यशाला गोष्ठी

१४ मंसिर २०७६, शनिबार १९:००

हेटौंडा / हेटौंडा ३ मा रहेको परिवर्तन महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने कार्यकुशलता तथा सिलाइ व्यवस्थापन कार्यशालाको आयोजना गरिएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग र परिवर्तन महिला वचत तथा सहकारी संस्था लिमिटेडको आयोजनामा छौठो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
सहकारी अध्यक्ष सविना विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम कुमार पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार बसन्त सिटौला, निवर्तमान अध्यक्ष विमला बर्तौला, सहित सहकारीमा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नेफ्स्कूनका सन्दिप राज ढकाल, ज्योती महत सहितको टोलिले कार्यकुशलता तथा सिलाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको सहकारी अध्यक्ष विडारीले जानकारी दिएकी छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*